site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वाग्मती प्रदेश खेलकुदमा काठमाडौं टिम च्याम्पियन

काठमाडौं । वाग्मती प्रदेश खेलकुदको दोस्रो संस्करणमा काठमाडौं टिम च्याम्पियन बनेको छ । वाग्मती प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिताको पहिलो संस्करणमा काठमाडौं दोस्रो भएको थियो ।

शनिबार हेटौँडामा सम्पन्न प्रतियोगितामा काठमाडौं ३१ स्वर्णपदकसहित टिम च्याम्पियन बनेको हो । काठमाडौंले २१ रजत र २५ कास्यपदक पनि जित्यो ।

साविक विजेता चितवन २३ स्वर्ण, २४ रजत र २५ कास्यपदकसहित दोस्रो भयो ।

१२ स्वर्ण, १३ रजत र १८ कास्यपदकसहित काभ्रे तेस्रो भयो ।

अन्तिम तथा १६८औँ स्वर्णपदकका लागि पुरुष फुटबलको फाइनलमा मकवानपुर र काठमाडौंले प्रतिस्पर्धा गरेका थिए । मकवानपुरले काठमाडौंलाई पेनाल्टी सुटआउटमा ४–३ हराउँदै स्वर्णपदक जित्यो ।

प्रतियोगितामा १३ जिल्लाका करिब २५ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा स्वर्ण विजेताले जनही पाँच हजार, रजत र कास्यपदक जित्नेले क्रमशः चार हजार र तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro