site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
माउरिन्होको रोमा युरोपा लिगको फाइनलमा

काठमाडौं । एएस रोमाले बिहीबार राति युरोपा लिग सेमिफाइनलको दोस्रो लेगमा बायर लेभरकुसेनसँग गोलरहित बराबरी खेले पनि समग्रमा १–० को नतिजा निकाल्दै फाइनलमा स्थान पक्का गरेको छ । 

गत सिजनको युरोपा कन्फेरेन्स लिग उपाधि जित्न सफल जोजे माउरिन्हो रोमा यसपटक युरोपा लिगको फाइनल पुग्न सफल भएको हो । रोमाले युरोपा लिगको फाइनल खेल्न लागेको यो दोस्रो पटक हो । यसअघि रोमाले १९९०/१९९१ मा पनि फाइनल खेलेको थियो । 

जर्मन भ्रमणमा रोमाले रक्षात्मक रणनीति अपनाएको थियो । घरेलु टोलीले गोलका थुप्रै अवसर गुमाएको थियो । अन्ततः रोमाले घरेलु मैदानमा हासिल गरेको १–० को अग्रताका कारण फाइनलमा स्थान बनाउन सफल भयो । 

रोमाले अब फाइनलमा उपाधिका लागि स्पेनिस सेभियासँग प्रतिस्पर्धा गर्नेछ । सेभियाले अर्को इटालियन क्लब युभेन्टसलाई २–१ तथा समग्रमा ३–२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो । फाइनल खेल ३१ मेमा हंगेरीको बुढापेष्टमा हुनेछ । 

“यो नतिजा हाम्रो मिहिनेत, रणनीतिक योजना, अनुभव, खेलमा कसरी रक्षात्मक खेल्ने भन्ने ज्ञानको परिणाम हो,’’ रोमाका प्रशिक्षक माउरिन्होले भने, “हाम्रा खेलाडी यस विशेष क्षणको हकदार छन् । मेरो चिन्ता सधैं फाइनलमा पुग्ने थियो । सेभियाको अनुभवसँग जुध्न धेरै गाह्रो हुनेछ  । तर, यसबारे हामी पछि सोच्नेछौं ।’’

लेभरकुसेन २१ वर्षपछि पहिलोपटक युरोपियन प्रतियोगिताको फाइनल खेल्ने लक्ष्यमा थियो । जर्मन क्लबले गोलका लागि २३ वटा प्रयास गरेको थियो । तर, रोमाको रक्षात्मक रणनीतिसामु लेभरकुसेनको केही लागेन । रोमाले गोलका लागि एक मात्र प्रयास गरेको थियो । 

लेभरकुसेनले १९९३ मा जर्मन कपको उपाधि जितेपछि कुनै पनि प्रतियोगिताको उपाधि जित्न सकेको छैन । युरोपा लिगमा भने लेभरकुसेनले १९८७/८८ मा फाइनल खेलेको थियो । 

“खेलाडीले अन्तिम समयसम्म प्रयास गरे,’’ लेभरकुसेनका प्रशिक्षक जाभी अलोन्सोले भने, “हामीले सक्दो गरेका थियौं । धेरै अवसर सिर्जना गर्यौं । विपक्षी पोष्टको फ्रेममा धेरै प्रहार गर्यौं । तर, गोल गर्न सकेनौं । हामीले आफ्नो खेल खेल्यौं । अन्तिमसम्म सक्दो प्रयास गर्यौं र गोल गर्न चाहन्थ्यौं । यो दुःखको कुरा हो कि हामी त्यसमा सफल भएनौं ।’’

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro