site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो जावलाखेल 

काठमाडौं । जावलाखेल युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा मनाङ–मर्स्याङ्दी क्लबलाई ३–० ले हराउँदै जावलाखेल शीर्ष स्थानमा उक्लिएको हो ।

जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । फोडे फोफानाले एक गोल थपे । जितसँगै जावलाखेलले नौ खेलबाट १७ अंक जोडेको छ । मनाङ १५ अंकसहित तेस्रो स्थानमा छ ।

शनिबारै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्र क्लबले न्युरोड टिम (एनआरटी)सँग १–१ को बराबरी खेल्यो । खेलको ३९औँ मिनेटमा ओमालाजा नुरेन करिमले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । ६७औँ मिनेटमा एनआरटीका स्टेफन जुनियरले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीसँगै मच्छिन्द्रले नौ खेलबाट १३ अंक जोडेको छ । एनआरटीको आठ खेलबाट सात अंक छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro