site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लोमन्थाङमा पर्यटकको घुइँचो, बेँसी झरे स्थानीय

लोमन्थाङ (मुस्ताङ) । जबेग बिष्टले बुवाले पहिल्यै बनाएको होटेल पुनर्निर्माण गरी सञ्चालन गरिरहेका छन् । हिमालपारिको जिल्ला भनिने मुस्ताङको चीन सिमानास्थित लोमन्थाङ बजारमा उनले ‘रिनोभेट’ गरेर होटेल चलाइरहेका छन् । मुस्ताङी राजाको दरबार ठिक पछाडिपट्टि नेपाल–चीन कोरला नाका जाने बाइपासनजिकै छ उनको होटेल ।

“पहिले सानो थियो, तला थपेर पाँच वर्षयता १०० जना अतिथिलाई सेवा दिने सक्ने गरी चलाइरहेको छु,” उनले भने, “अब योपटकको सिजन सकिन लाग्यो, जाडो नबढ्दै म पनि तल झर्छु । बुवाआमा र बहिनी त तल पोखरा गइसक्नुभयो ।”

lomanthang-(5)-1731210753.jpg
 

हाल लोमन्थाङ बजार लगभग बन्दझैँ देखिन्छ । एकदुई पसल, होटेलबाहेक बजारका अधिकांश घरमा ताला लगाइएको छ । स्थानीय बासिन्दाको चहलपहल निकै कम छ । घुम्न आएका बाहिरिया र पर्यटकको भने बाक्लो उपस्थिति देखिन्छ ।

आउँदै गरेको जाडो छल्न स्थानीय तल बेँसी झरिसके । आन्तरिक र बाह्य पर्यटक भने धमाधम लोमन्थाङ उक्लिइरहेका छन् । कोरला नाका सञ्चालनमा ल्याइएपछि धेरै नेपाली लोमन्थाङको अवलोकन भ्रमणमा आउने गरेका छन् ।

lomanthang-(7)-1731210753.jpg
 

रामु मगरको खाजाघर पनि यहाँ छ । लोमन्थाङ गाउँपालिका–५ का बासिन्दा उनी पुराना व्यवसायी हुन् । तर, अरूजस्तो जाडो छल्न उनी तल झर्दैनन् । “म १२ महिना नै यहाँ खाजाघर चलाएर बसेको छु,” उनले भने, “मेरै छिमेकी पसलका भने १० दिनअगाडि नै हिँडिसके ।”

lomanthang-(3)-1731210752.jpg
 

यसकै नजिकको पोखरेल सप्लायर्सबाट रासनपानी बिक्री गरिन्छ । यो सधैँ खुल्छ । लोमन्थाङमा हिमपात भए पनि यो पसल बन्द हुँदैन । दैनिक उपभोग्य वस्तु र डिजेल, पेट्रोल पनि यहाँबाट बिक्री गरिन्छ ।

lomanthang-(4)-1731210752.jpg
 

लोमन्थाङ उपल्लो मुस्ताङको प्रमुख पर्यटकीय क्षेत्र हो । स्थानीयका अनुसार, यहाँका बासिन्दाले कात्तिक दोस्रो सातादेखि लोमन्थाङ छाड्न थाल्छन् । मुस्ताङका अरू अग्लो भेगका मानिस पनि बेँसी झर्छन् ।

lomanthang-(2)-1731210751.jpg

lomanthang-(1)-1731210751.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro