site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरमा सजाइयो छठघाट (तस्बिरहरू) 

विराटनगर । तराई–मधेस क्षेत्रमा विशेष महत्त्वसाथ छठ पर्व मनाइँदै छ । कोसी प्रदेशको राजधानी विराटनगरमा छठ पूजाको तयारी पूरा गरिएको छ ।

यहाँका नदी, तलाउ, पोखरी र सिँचाइ नहरमा छठघाट तयार गरिएको छ । पूजास्थलको सजावटदेखि त्यहाँसम्म पुग्ने अस्थायी बाटो समेत निर्माण गरिएको छ ।

विराटनगरको पूर्वीभेगमा अवस्थित सिंघिया नदीमा पूजास्थल तयार गरिएको छ । सिंघिया किनारमा अवस्थित हाटखोला, घिनाहाघाट, महेशपुरलगायत क्षेत्रमा पूजास्थल सजावट गरिएको छठ आयोजक मूल समितिले जनाएको छ ।

यस्तै, विराटनगर पश्चिममा कोसी सिँचाइ नहर र केशलिया नदीमा समेत घाट सजावट गरिएको छ ।

आज बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठीमाताको पूजा–आराधना गरिन्छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व सम्पन्न हुन्छ ।

थप तस्बिर हेर्नोस्–

c6-1700379259.jpg

c5-1700379229.jpg

c4-1700379200.jpg

c2-1700379199.jpg

c3-1700379199.jpg

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro