राजनीति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पब्लिक युथ क्याम्पसले स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ ।
यसअघि उक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन रोकिएको भन्दै उच्च अदालत पाटनमा रिट परेको थियो । निर्वाचन सम्बन्धमा उच्च अदालत पाटनले उक्त निवेदनमाथि सुनुवाइ गर्दै ‘यथाशीघ्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनसम्बन्धी बाँकी कार्य गर्न गराउन’ अन्तरिम आदेश दिएको थियो ।
सोही आदेशको कार्यान्वयनका लागि निर्वाचन कार्यतालिका प्रकाशित गरिएको निर्वाचन संयोजक डा. राजुभाई मानन्धरले जानकारी दिएका छन् ।
यस्तो छ कार्यतालिका
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२ १८:२२
प्रतिक्रिया दिनुहोस्