site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अर्थतन्त्र चलायमान बनाउन सरकार गहनरूपमा काम गर्दै छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशको अर्थतन्त्र चलायमान बनाउन सरकारले गहनरूपमा काम गरिरहेको बताएका छन् । मंगलबार ललितकला मेला, २०८२ को उद्घाटन समारोहमा मन्त्री पाण्डेले सबै कुरामा निराश भएरमात्रै नहुने बताए ।

"देशको अर्थतन्त्र उठाउनुपर्ने, देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने, चारैतिरबाट अर्थतन्त्र चलायमान बनाई, बलियो बनाई हाम्रा भौतिक संरचना र हाम्रा नवीन कार्यक्रम दिनुपर्ने उत्तरदायित्व हाम्रो काँधमा छ । त्यो दिशामा सरकारले मसिनो ढंगले मिहिनेत र प्रयास गरिरहेको छ । त्यसको प्रतिफल विस्तारै प्राप्त गर्दै जानेछौँ," उनले भने ।

मन्त्री पाण्डेले साहित्य, संगीत र कला मानव जातिको विशिष्टता भएको उल्लेख गरे । उनले साहित्य, संगीत र कलाको महत्त्व बुझेर अघि बढ्न जरुरी रहेको बताए । मन्त्री पाण्डेले समाजलाई जगाउने कुरा कलाकारिता भएको बताए ।

अहिले देशको अर्थतन्त्र अप्ठेरो स्थितिमा रहेको उल्लेख गर्दै उनले देशको अर्थतन्त्र चलायमान बनाउनुपर्ने जिम्मेवारी रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro