site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
निर्माता बन्दै पल, ‘यानीमाया’मा लगानी गर्ने 

काठमाडौं । नायक पल शाह अब चलचित्र निर्माता बन्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो चलचित्र निर्माण घोषणा गरिएको छ ।

चलचित्रमा नायकको भूमिका निर्वाह गर्दै आएका पलले आफैँ लगानी गर्न लागेका हुन् । 

पल शाह फिल्मसको व्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम ‘यानीमाया’ राखिएको छ । यो चलचित्र विकास सुवेदीले निर्देशन गर्नेछन् । 

विकासले चलचित्र ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’को कथा लेखेका थिए । ‘यानीमाया’को स्क्रिप्ट पनि निर्देशक विकास सुवेदीले नै लेखेका छन् ।

चलचित्रको छायांकन असारबाट सुरु हुने निर्माणपक्षले जनाएको छ । चलचित्रमा कलाकार अनुबन्ध गर्न बाँकी छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro