site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
काठमाडौंमा सुरु भएको १८–डी सिनेमा के हो ? 

काठमाडौं । काठमाडौंको सिटी सेन्टरमा अत्याधुनिक प्रविधिमा आधारित १८–डी सिनेमा घर सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसर पारेर यस सिनेमाको औपचारिक उद्घाटन महानायक राजेश हमालले गरेका छन् । 

उद्घाटन समारोहमा सहभागी हमालले आफैँले पनि १८–डी सिनेमाको अनुभव लिए । पत्रकारहरूसँग उनले भने, “१८–डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेश भएजस्तै महसुस भयो, यस्तो रोमाञ्चक अनुभव पहिले कहिल्यै भएको थिएन ।” 

सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको यो सिनेमालाई एक पटकमा दशजना दर्शकले मात्र हेर्न पाउने छन् । 

फ्लाईओभर इन्टरटेन्मेन्टका राम थापा र हिमाल गुरुङद्वारा सञ्चालनमा ल्याइएको यो सिनेमामा दर्शकले दृश्य, ध्वनि, गति, हावा र कम्पनको तालमेलसहित चलचित्रको वास्तविक संसारमा पुगेको अनुभूत गर्न पाउनेछन् ।

सञ्चालक गुरुङका अनुसार दर्शकले डायनासोरको युगको यात्रा, समुद्रको गहिराइमा खोजी, अन्तरिक्षको युद्ध र जंगल एडभेञ्चरजस्ता रोचक र साहसिक चलचित्रहरू पाँचदेखि ३० मिनेटको अवधिमा हेर्न सक्नेछन् । 

काठमाडौंमा मनोरञ्जनको नयाँ आयाम थप्ने विश्वासका साथ सुरु गरिएको यो १८–डी सिनेमा सम्पूर्ण उमेर समूहका दर्शकका लागि रोमाञ्चक गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

सवै उमेर समूहका लागि आकर्षक मानिएको यो प्रविधियुक्त सिनेमा हेर्न दर्शकले तीन सय रुपैयाँ शूल्क तिर्नुपर्नेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ११:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro