site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘मिरमिरे’ निर्माणको घोषणा 

काठमाडौं । निर्देशक याम शेर्पाले चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले नयाँ वर्ष २०८२ को अवसर पारेर चलचित्र ‘मिरमिरे’ निर्माणको घोषणा गरेका हुन् ।

शेर्पाले थिम पोस्टर पनि सार्वजनिक गरेका छन् । यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने निर्देशक शेर्पाले बताएका छन् । 

थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका छन् ।

पोस्टरले बिहानीसँगै नयाँ संकल्प गरेको संकेत गरे पनि पात्रको उद्देश्य र गर्न खोजिरहेको के हो प्रष्ट पारिएको छैन ।

चलचित्रको निर्देशन याम शेर्पाले गर्नेछन् भने कथा पनि निर्देशक स्वयंले लेख्नेछन् ।

निमु शेर्पा र चोङ्वा लामा शेर्पाको लगानी रहने चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

चलचित्रलाई २०८२ मा रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन । कलाकारबारे निर्माणपक्षले जानकारी दिएको छैन ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro