site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कवि/कलाकार श्रेष्ठको अभिनन्दन ग्रन्थ लोकार्पित

काठमाडौं । कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठको जन्मदिन (जङ्कु)को अवसर पारेर साहित्यिक पत्रकार संघले उनको अभिनन्दन गर्दै अभिनन्दन ग्रन्थ ‘नरेन्द्रबहादुर श्रेष्ठ : आलेख र अभिलेख’ सार्वजनिक गरेको छ ।

श्रेष्ठलाई साहित्यिक पत्रकार संघसहित ३८ संघ संस्थाले अभिनन्दन गरेको हो ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद् केदारभक्त माथेमाले श्रेष्ठको अभिनन्दन गर्दै कृति लोकार्पण गरे । 

कार्यक्रममा प्रमुख अतिथि माथेमाले साहित्यकार तथा कलाकारको यस किसिमको अभिनन्दनले अरूलाई पनि उर्जा मिल्ने बताए ।

उक्त अवसरमा उद्यमी कुशकुमार जोशी, कलाकार मदनकृष्ण श्रेष्ठ, लक्ष्मी प्रसाईं लगायतले शुभकामना मन्तव्य राखे ।

साहित्यकार श्रेष्ठले आफूले रुखको जरामा कलात्मक स्वरूप दिन सुरु गरेको दिन स्मरण गरे ।  

ग्रन्थका प्रधान सम्पादक प्रमोद प्रधानले साहित्यकार श्रेष्ठले आफ्नो बैठक कोठालाई जरा कलाको संग्रहालयका रूपमा विकसित गरेको बताए । उनले श्रेष्ठको कविता लेखनसँगै कलाकारिताको चर्चा गरे ।

कार्यक्रममा राधेश्याम लेकाली, निश्चल श्रेष्ठलगायतले बोले । सोही अवसरमा कलाकार श्रेष्ठको कलाकारितामाथि तयार वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro