site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
थुनामा राख्ने उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेले गरे सर्वोच्चमा पुनरावेदन 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शुक्रबार (चैत २९) सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गरेको थियो । उच्चले उनलाई थुनामा राख्ने आदेश गरेको थियो ।

सोही आदेशबमोजिम लामिछाने यही चैत २२ गते पक्राउ परी पुर्पक्षका निम्ति थुनामा छन् । थुनामै रहेर पुनरावेदन गर्न पाउने कानुनी व्यवस्थाबमोजिम उनले आफ्नो कानुन व्यवसायीमार्फत सर्वोच्चमा निवेदन दर्ता गराएका रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro