site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘मातृभूमि’ निर्माण हुने

काठमाडौं । चलचित्र ‘मातृभूमि’ निर्माण हुने भएको छ । फाल्गुनन्द लिङदेन फिल्म्स्ले बनाउने चलचित्रमा दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहनेछ । 
 
कविता राई लिङ्देन निर्माता रहने चलचित्रमा सन्जिब थेबे, सोनिया शर्मा, भीमबहादुर मगर, लक्ष्मी योङहाङ, भरत मल्ल, राजकुमार लिङदेनलगायतको अभिनय रहनेछ । 

निर्देशक लिङ्देनले चलचित्रको कथा नेपालका विभिन्न जातजाति, संस्कार, संस्कृतिमा आधारित रहने बताए । उनका अनुसार चलचित्रको छायांकन काठमाडौं, पूर्वी नेपाल र अमेरिकामा हुनेछ ।

नरेशकुमार मेन्याङबो प्रस्तुतकर्ता रहेको चलचित्रमा भीमबहादुर मगर कार्यकारी निर्माता र वसन्त थेवे सह–निर्माता छन् ।

चलचित्रमा पुन्य ओझा र बाबु तामाङको द्वन्द्व, जनक कार्कीको नृत्य, सम्राट कार्कीको छायांकन, दीपक तामाङको मुख्य सहायक निर्देशन र छेदा शेर्पाको प्राविधिक निर्देशन रहनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro