site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुख घिमिरे स्वदेश फिर्ता

काठमाडौं । अन्तरव्यवस्थापिका संघको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी भइ सभामुख देवराज घिमिरे स्वदेश फिर्ता भएका छन् ।

उज्वेकिस्तानको तास्केन्टमा सम्पन्न अन्तरव्यवस्थापिका संघको १५०औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी सभामुख घिमिरेसहितको नेपाली प्रतिनिधि मण्डल बिहीबार अपराह्न नेपाल आइपुगेको हो । नेपाल अवतरण गर्दै सभामुख घिमिरेले उज्वेकिस्तान भ्रमण फलदायी दाबी गरे ।

उनले अन्तरव्यवस्थापिका संघको सभामा सामाजिक विकास र न्यायमा संसदको पहलका विषयमा गम्भीर रूपमा छलफल भएको बताए । समसामयिक विश्व राजनीति, यसले पारिरहेको प्रभाव र सामाजिक असमानताका विषयमा विचार विमर्श भएको बताए ।

सभालाई सम्बोधन गर्दै आफूले नेपालले भोगिरहेका समस्या र समावेशिताको अभ्यासबारे विश्व जगतलाई जानकारी गराएको समेत स्पष्ट पारे । अन्तरव्यवस्थापिका संघको वार्षिक सभाले मध्यपूर्व भइरहेको युद्धलाई शान्तिपूर्ण ढंगबाट समाधान गर्नुपर्ने निष्कर्ष निकालेको समेत उल्लेख गरे ।

 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १९:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro