site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य : परराष्ट्रमन्त्री राणा 

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सिंगो सरकार नै देशको समग्र आर्थिक विकास र समृद्धिका लागि काम गरिरहेको बताएकी छिन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभा तथा उद्योग दिवस २०८१ को उद्घाटन समारोहमा बोल्दै उनले आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको बताइन् । 

नेपालले तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाहरूको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर काम गर्नुपर्ने उनले बताइन् । यसका लागि सरकार र निजी क्षेत्र मिलेर देशभित्र भएका स्रोतसाधनको अधिकतम रूपमा प्रयोग गरी विकासको गति तीव्र बनाउनुपर्ने उनको धारणा थियो ।

परराष्ट्रमन्त्री डा. राणाले मन्त्रालयले आर्थिक कूटनीतिको प्रवर्द्धन गर्न अलग्गै महाशाखामार्फत काम सुरु गरेको बताइन् । उनले नेपालमा लगानीका अधिक सम्भावना रहेकाले वैदेशिक लगानी भित्र्याउन सरकारले आर्थिक कूटनीतिलाई बलियो बनाएर अघि बढ्ने स्पष्ट गरिन् । 

विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेकाले बढीभन्दा बढी वैदेशिक लगानी भित्र्याउन सरकार र निजी क्षेत्र मिलेर लगानीको उचित वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिइन् । 

मन्त्री डा. राणाले भनिन्, “हालसालै बैंककमा आयोजित बिमस्टेक सम्मेलन होस् या यसअघि प्रधानमन्त्रीज्यूको चीन भ्रमणका क्रममा होस् । नेपालको निजी क्षेत्रले त्यहाँका उद्योगी व्यवसायीसँग अन्तरक्रिया गरेको थियो । त्यस क्रममा म पनि सहभागी थिएँ । उहाँहरू नेपालमा लगानीका लागि इच्छुक रहेको मैले पाएँ । उहाँहरूलाई नेपालमा आकर्षित गर्न हामी सबै लाग्नुपर्दछ ।”

नेपालमा ऊर्जा, पर्यटन, पर्यटकीय पूर्वाधार निर्माण, सूचना प्रविधि आदि क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेकाले आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी आकर्षित गर्ने काममा आफू कार्यरत रहेको र त्यसमा निजी क्षेत्रको पनि सक्रिय साथ र सहयोग आवश्यक रहेको उनले बताइन् । 

मन्त्री डा. राणाले नेपालमा वैदेशिक सहायता आउने क्रम घट्दो अवस्थामा रहेको देखिएकाले मुलुकको अर्थतन्त्रलाई सबल र सक्षम बनाउन तथा समृद्ध नेपालको सपना साकार पार्न लगानीकर्ताहरुलाई उत्साहित गर्नुका साथै उद्यम व्यवसायको प्रवर्द्धनमा लाग्नुपर्ने अवस्था रहेको बताइन् । 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro