site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बजेटबारे अर्थमन्त्रीसँग छलफल गर्दै आर्थिक मामिला समिति 
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 

पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ । 

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा चालु आर्थिक वर्ष ०८१/०८२ को बजेटको खर्चको स्थिति र अगामी आर्थिक वर्ष ०८२/०८३ को बजेटको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

बिहान १० बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं  अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई बोलाइएको छ । 

विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुँदै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ०६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro