site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंले भने– म भागेको होइन, जोगिएको मात्रै हुँ (भिडियोसहित)

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू भागेको नभइ जोगिएको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो राख्दै प्रसाईंले भने, "म भागेको होइन, अघिल्लो दुईवटा घटनामा भोगेको थिइनँ । यो घटनामा जोगिएको मात्रै हुँ ।"

प्रसाईंले थप भनेका छन्, "म रहे भने यो अभियान, जनविद्रोह सफल हुन्छ, म नै रहेन भने यो जनविद्रोह दबाएर जान्छ ।"

उनले आफूले नेपाल र नेपालीलाई बचाउन चाहेको उल्लेख गरे । चैत १५ गते तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका सविन महर्जन र सुरेश सजकको परिवारलाई पाँच–पाँच लाख दिने घोषणा समेत गरेका छन् ।

आफू मानवअधिकारवादीको रोहबारमा सार्वजनिक हुन तयार रहेको भिडियोमार्फत बताएका छन् । "मलाई प्रहरीले खोजिरहनु पर्दैन, म नैपालमै छु, कुनै ठाउँमा छु । मानवअधिकारीवादी र वकिलहरूको रोहवरमा सार्वजनिक हुन तयार छु," उनले भनेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro