site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीको स्वीकारोक्ति : भ्रष्टाचार भइरहेको आशंका छ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता नहुने बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको ७४औँ वार्षिक साधारणसभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र विकास तथा समृद्धि चाहिएको भन्दै यस विषयमा कुनै सम्झौता नहुने बताए । आफू भ्रष्टाचारको विरोधी रहे पनि भ्रष्टाचार भइरहेको आफूलाई आशंका लागेको उनले बताए । 

देशलाई विकासका बाटोमा अघि बढाउनका लागि अनुकूल वातावरण बनेको र स्थायित्व र स्थिरतातर्फ मुलुक अघि बढेको प्रधानमन्त्रीले जिकिर गरे । 

कम्तीमा पनि ८४ सालसम्म मुलुकमा स्थायित्व र स्थिरता हुने र त्यसपछि पनि यो सिलसिला कायम रहने भएकाले ढुक्क भएर लगानी गर्न उनले आग्रह गरे । 

प्रधानमन्त्री ओलीले बाह्य लगानी भित्र्याउने, संयुक्त पुँजीमा काम गर्ने अवस्था सिर्जना गर्ने काममा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखे । 

प्रधानमन्त्री ओलीले सरकार मजदुर, किसान, श्रमजीवि, शिक्षक, प्राध्यापकलगायत सबैको साथमा रहेको र सबैको भलाइका लागि काम गर्न चाहेको बताए ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro