site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माल्दिभ्सकी मन्त्रीले भनिन् : चिकित्सा अध्ययनका निम्ति नेपाल सही गन्तव्य 
तस्बिर : स्वास्थ्यमन्त्रीको सचिवालय 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकलाई नेपालमा स्नातकोत्तर पीजी शिक्षा उपलब्ध गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औँ सत्रमा सम्बोधनका लागि अमेरिकाको न्युयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँग भेटवार्ता गरेका हुन् । सो क्रममा यसअघि त्यहाँका स्वास्थ्यमन्त्रीसँगको वार्तामा भएका कुराकानीका आधारमा अध्ययनका लागि समिति गठन गरेर काम भइरहेको मन्त्री पौडेलले जानकारी दिए । 

वार्ताका क्रममा स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र माल्दिभ्सबीचको सम्बन्ध सुमधुर रहेको र नेपालमा अनुकूल महसुस गर्ने भएकाले त्यहाँका विद्यार्थीलाई नेपालमा अध्ययनका लागि पठाउन आफूहरू इच्छुक रहेको बताइन् । उनले चिकित्सकका लागि नेपाल सही गन्तव्य रहेको बताएकी थिइन् । 

जवाफमा मन्त्री पौडेलले यथाशीघ्र तयारी पूरा गरेर अध्ययनका लागि वातावरण मिलाउने प्रतिबद्धता जनाए । मन्त्री पौडेलले नेपाल माल्दिभ्सका नागरिकलाई एमबीबीएस शिक्षा दिलाउनका लागि समेत तयार रहेको बताए । 

मन्त्री पौडेलले यसअघि गत असोज ७ गते इन्डोनेसियाको जाकार्तामा माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलिलसँगको वार्तापछि माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी अध्ययन गराउन आवश्यक सुझाव दिन संयुक्त समिति गठन गरेका थिए । 

नेपालले वातावरण बनाएमा माल्दिभ्सले पीजी विद्यार्थी पठाउने बताएपछि मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिललाई चिकित्सा शिक्षाको द्विपक्षीय मान्यता तथा प्रवद्र्धनका उपायबारे सुझाव दिन आग्रह गरेका थिए । 

सोहीअनुसार काउन्सिलले दुवै देशको मापदण्डका आधारमा द्विपक्षीय सम्झौतापश्चात् विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन सकिने आशयको प्रतिवेदन दिएको थियो ।

सोही आधारमा मन्त्री पौडेलले सम्झौताको तयारी गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. चोपलाल भुसाल संयोजकत्वको सात सदस्यीय समिति गठन गरेका थिए । सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउने वातावरण बनाउन मन्त्री पौडेलले समितिमार्फत सुझावको अपेक्षा गरेका छन् ।

विदेशी विद्यार्थी अध्ययन गर्ने वातावरण तयार पार्न सकिएमा नेपालका मेडिकल कलेजहरूको आयमा समेत वृद्धि हुने र मेडिकल शिक्षाको स्तर सुधार गर्न समेत सकिने मन्त्री पौडेलको विश्वास छ । 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro