site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘अन्तिम इच्छा’मा आपत्ति जनाउँदै रास्वपाले आयोगमा दिएको उजुरीमा के छ ?

काठमाडौं । सभापति रवि लामिछानेमाथि ज्यादती भएको निष्कर्ष निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएको छ । सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट थुनामा पठाउन आदेश भएपछि प्रहरीले गएको शुक्रबार राति लामिछानेलाई उनको घरबाटै पक्राउ गरेको थियो ।

पक्राउ गर्ने क्रममा प्रहरी अधिकारीबाट ‘अन्तिम इच्छा’ शब्दावली प्रयोग भएपछि आक्रोशित बनेको रास्वपाले आयोगमा उजुरी दिएको हो ।

“हामीले सभापति रवि लामिछानेज्यूमाथि पक्राउका क्रममा प्रहरी ज्यादती गरी मानव अधिकार हनन गरेको विषयमा पार्टीको तर्फबाट उहाँको मानव अधिकार रक्षार्थ आयोगमा उजुरी दिएका छौँ,” कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बाह्रखरीसँग भने । 

रास्वपाका कार्यवाहक महामन्त्री बुर्लाकोटीको नेतृत्वमा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, सांसद गणेश पराजुली, वाग्मती प्रदेश सभापति अच्युतम लामिछाने, गण्डकी प्रदेश सभापति राजन गौतमसहितका नेताहरूले बुधबार हरिहरभवनस्थित आयोगको कार्यालय पुगेर उजुरी निवेदन दर्ता गराएका हुन् ।

महामन्त्री बुर्लाकोटीका अनुसार, निवेदनमा थुनामै रविको जिउज्यान असुक्षित रहेको उल्लेख गरिएको छ । “असंवैधानिक र गैरकानुनीरूपमा अभद्र तरिकाले प्रस्तुत हुनु र सामान्यतः मृत्युदण्ड दिन फाँसीमा चढाइने व्यक्तिलाई अन्तिम अवस्थामा जल्लादले सोध्नेजस्तो भाषामा ‘अन्तिम इन्छा के छ’ भन्दै सोध्नेजस्ता कार्यले सभमापति लामिछानेको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको मात्र उल्लंघन भएको छैन, जिउज्यानसमेत असुरक्षित भएकोतर्फ संकेत गरेको छ,” रास्वपाको निवेदनमा भनिएको छ ।

गत शुक्रबार प्रहरी प्रक्राउका लागि पुग्दा लामिछानेले पक्राउ पुर्जी मागेका थिए । त्यस क्रममा उनलाई त्यतिबेलै लेखेर पक्राउ पुर्जी दिएपछि रविका समर्थकले ‘पक्राउ पुर्जी यसरी नै तयार पार्ने हो’ भन्दै प्रश्न गरेका थिए । त्यस क्रममा पक्राउका लागि पुगेका प्रहरी नायव उपरीक्षक दीपक खड्काले ‘अन्तिम इच्छा पूरा गरिदिएको छ त !’ भन्दै पक्राउका लागि अवरोध नगर्न आग्रह गरेका थिए । 

के छ निवेदनमा ?

RSP1-1744188107.jpg

RSP1-(2)-1744188107.jpg

RSP1-(3)-1744188107.jpg

RSP1-(4)-1744188107.jpg

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro