site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सकियो दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’को छायांकन 

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको छायांकन ३६ दिनमा सकिएको हो ।

सुरेन्द्र पौडेल निर्देशित चलचित्रले सामाजिक कथावस्तु पस्किनेछ । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बरालसँगै समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय रहेको छ ।

‘वरिष्ठ बलराम’ लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ । आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रको कथा महेश दवाडीले लेखेका छन् ।

सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’मा डीओपी मानकृष्ण महर्जनको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro