site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल बार मतगणना अपडेट : मिश्रको प्यानल नै अगाडि, कसको मत कति ?

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना जारी हुँदा अध्यक्षका उमेदवार प्रा.डा. विजयकुमार मिश्रले मतान्तर बढाउँदै झन्डै दोब्बर बनाएका छन् । मिश्रले दुई हजार ३४३ मत ल्याउँदा अध्यक्षका अर्का उमेदवार रमनकुमार श्रेष्ठले एक हजार २०० मत पाएका छन् ।

अध्यक्षका अरु उमेदवारहरू राजु कैतीको ११, उज्वल घिमिरेको ९ र आशिष पौडेलको २१ मत छ ।

उपाध्यक्षतर्फ कोसी प्रदेशमा पदमप्रसाद लिम्बूले दुई ४९२ मत ल्याउँदा प्रत्यासी कर्णबहादुर राईले ९३० मत पाएका छन् ।

मधेस प्रदेश उपाध्यक्षमा अजशंकर झाले दुई हजार ४९३ मत ल्याउँदा प्रत्यासी प्रमोद प्रसादले ९१३ मत पाएका छन् । वाग्मती प्रदेश उपाध्यक्षमा तेजबहादुर रावलले दुई हजार ४१५ मत ल्याउँदा प्रत्यासी डकेन्द्रप्रसाद सुवेदीले एक हजार ३५ पाएका छन् ।

गण्डकी प्रदेश उपाध्यक्षमा भूपेन्द्र खनालले दुई हजार ३४६ मत ल्याउँदा सुकेदेव गौतमले एक हजार ७९ मत पाएका छन् । यस्तै, लुम्बिनी प्रदेश उपाध्यक्ष उमेदवार कृष्णप्रसाद पोख्र्रेलले दुई हजार ५०१ मत ल्याउँदा प्रत्यासी तीर्थराज ज्ञवालीले ९१२ मत पाएका छन् । कर्णाली प्रदेश उपाध्यक्षमा विवसकुमार बस्नेतले दुई हजार ४७० मत ल्याउँदा धर्मराज न्यौपानेले ९३० मत पाएका छन् ।

सुदूरपश्चिम उपाध्यक्षमा सिद्धराज ओझाले दुई हजार ४८० मत पाउँदा पदमराज शर्माले ९१० मत ल्याएका छन् ।

महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले दुई हजार२४८ मत ल्याउँदा दिना श्रेष्ठले एक हजार १५३ मत पाएकी छन् ।

महासचिवका उमेदवार केदारप्रसाद कोइरालाले अग्रता बनाएका छन् । उनले दुई हजार ३५२ मत ल्याउँदा महासचिवका प्रतिस्पर्धी यज्ञमणि न्यौपानेले एक हजार १२ मत पाएका छन् । अर्का उमेदवार हरिशरण कार्कीले ८६ मत पाएका छन् ।

कोषाध्यक्ष उमेदवार जगतबहादुर कार्कीले दुई हजार ४३८ मत पाएका छन् । प्रत्यासी दिपक राईले ८४४ मत ल्याएका छन् । कोषाध्यक्षका अर्का उमेदवार विष्णुप्रसाद सापकोटाले १२५ मत पाएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  २०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro