site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टीभित्र आन्तरिक समीक्षा जरुरी : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र आन्तरिक समीक्षाको जरुरी रहेको बताएका छन् । 

नेपाली कांग्रेस चितवनले मंगलबार चितवनमा आयोजना गरेको ३५औँ जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष ०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले कांग्रेसभित्रको समीक्षा हुन नसक्दा लक्ष्यमा पुग्न कठिन भएको बताए । 

उनले सरकारले गरेका काम कारबाहीका कारण जनता आक्रोशित भएको समेत बताए । अहिले दिनहुँ जनता सडकमा आउनुपर्ने बाध्यताको अन्त्य गर्न सकेमा मात्र सरकारमा भएको अनुभूति हुने उनको भनाइ थियो ।

जनताको आक्रोशलाई सामान्य लिन नहुने बताउँदै कोइरालाले वर्तमान सरकार गठनका समयमा दुई दलबीच भएको सहमति कार्यान्वयन हुन नसकेको जिकिर गरे । 

कार्यक्रममा अन्य कांग्रेस नेताले जनतालाई बलियो बनाउन लोकतन्त्र बलियो बन्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro