site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल बार मतगणना अपडेट : अध्यक्षमा मिश्रले १६ सय ७६, श्रेष्ठले पाए ८५६ मत 

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना जारी रहँदा अध्यक्ष पदका उमेदवार प्रा. डा. विजयकुमार मिश्र फराकिलो मतान्तरसहित अगाडि छन् ।

पछिल्लो मत परिणामानुसार मिश्रले एक हजार ६७६ मत पाएका छन् । अध्यक्षका अर्का उमेदवार रमनकुमार श्रेष्ठले ८५६ मत ल्याएका छन् । अध्यक्षका अरू उमेदवारहरू आशीष पुडासैनीले ११, राजु कैदीले सात र उज्वल घिमिरेले चार मत पाएका छन् ।

महिलासहित सबै प्रदेशबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा पनि मिश्रकै प्यानल अगाडि छ । उपाध्यक्षतर्फ कोसी प्रदेशमा पदमप्रसाद लिम्बूले एक हजार ७९२ र कर्णबहादुर राईले ६८८ मत ल्याएका छन् ।

मधेस प्रदेश उपाध्यक्षमा अजशंकर झाले एक हजार ८०२ र प्रत्याशी प्रमोद प्रसादले ६६२ मत पाएका छन् ।

वाग्मती प्रदेश उपाध्यक्षमा तेजबहादुर रावलले एक हजार ७५५ र डकेन्द्रप्रसाद सुवेदीले ७२२ मत ल्याएका छन् ।

गण्डकी प्रदेश उपाध्यक्षमा भूपेन्द्र खनालले एक हजार ७६७ र सुकदेव गौतमले ६९२ मत पाएका छन् । 

लुम्बिनी प्रदेश उपाध्यक्षका उमेदवार कृष्णप्रसाद पोखरेलले एक हजार ८१४ र तीर्थराज ज्ञवालीले ६६३ मत ल्याएका छन् ।

कर्णली प्रदेश उपाध्यक्षमा विवशकुमार बस्नेतले एक हजार ७८० र धर्मराज न्यौपानेले ५३५ मत पाएका छन् ।

सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा सिद्धराज ओझाले एक हजार ७८७ र पदमराज शर्माले ६६४ मत ल्याएका छन् ।

महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले एक हजार ६१९ र विना श्रेष्ठले ८०८ मत पाएकी छन् । 

महासचिवतर्फ केदारप्रसाद कोइरालाको अग्रता कायमै छ । उनले एक हजार ६५५ मत ल्याएका छन् । महासचिवका अर्का प्रत्याशी यज्ञमणि न्यौपानेले ७५८ र हरिशरण कार्कीले ४४ मत पाएका छन् ।

कोषाध्यक्षका उमेदवारहरू जगतबहादुर कार्कीले एक हजार ७२९, दीपक राईले ६४३ र विष्णुप्रसाद सापकोटाले ७० मत ल्याएका छन् ।

बारको नयाँ कार्यसमिति चयनका निम्ति शनिबार (चैत २३) मतदान भएको थियो । काठमाडौं र बाहिर गरी ३६ मतदान केन्द्रमा मतदान भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro