site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल बार निर्वाचन : सबै पदमा मिश्रको प्यानल धेरै अगाडि
विजयप्रसाद मिश्र (बायाँ) र रमन श्रेष्ठ (दायाँ) ।

काठमाडौं । नेपाल बार एसोसिएसन निर्वाचनअन्तर्गत मतगणना जारी हुँदा अध्यक्ष पदका उमेदवार प्रा. डा. विजयकुमार मिश्र झन्डै दोब्बर मतान्तरले अगाडि छन् ।

मिश्रले एक हजार २९५ मत ल्याएका छन् । अध्यक्षका अर्का उमेदवार रमनकुमार श्रेष्ठले ६८२ मत पाएका छन् । अध्यक्ष अरू उमेदवारहरू राजु कैदीको ६, उज्वल घिमिरेको तीन र आशीष पुडासैनीले ११ मत पाएका छन् ।

यस्तै, उपाध्यक्षतर्फ कोसी प्रदेशमा पदमप्रसाद लिम्बूले एक हजार ३८२ र कर्णबहादुर राईले ५५८ मत ल्याएका छन् ।

मधेस प्रदेश उपाध्यक्षमा अजशंकर झाले एक हजार ३८५ र प्रत्याशी प्रमोद प्रसादले ५३९ मत पाएका छन् ।

वाग्मती प्रदेश उपाध्यक्षमा तेजबहादुर रावलले एक हजार ३५४ र डकेन्द्रप्रसाद सुवेदीले ५७९ मत ल्याएका छन् ।

गण्डकी प्रदेश उपाध्यक्षमा भूपेन्द्र खनालले एक हजार ३५४ र सुकदेव गौतमले ५५५ मत पाएका छन् । 

लुम्बिनी प्रदेश उपाध्यक्षका उमेदवार कृष्णप्रसाद पोखरेलले ए हजार ४१२ र तीर्थराज ज्ञवालीले ५२० मत ल्याएका छन् ।

कर्णली प्रदेश उपाध्यक्षमा विवशकुमार बस्नेतले एक हजार ३८१ र धर्मराज न्यौपानेले ५३५ मत पाएका छन् ।

सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा सिद्धराज ओझाले एक हजार ३८० र पदमराज शर्माले ५२५ मत ल्याएका छन् ।

महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठले एक हजार २६८ र विना श्रेष्ठले ६२८ मत पाएकी छन् । 

महासचिवतर्फ केदारप्रसाद कोइरालाको अग्रता कायमै छ । उनले  एक हजार २८६ मत ल्याएका छन् । महासचिवका अर्का प्रत्याशी यज्ञमणि न्यौपानेले ५९५ र हरिशरण कार्कीले ४४ मत पाएका छन् ।

कोषाध्यक्षका उमेदवारहरू जगतबहादुर कार्कीले एक हजार ३३८, दीपक राईले ५२१ र विष्णुप्रसाद सापकोटाले ५१ मत ल्याएका छन् ।

बारको नयाँ कार्यसमिति चयनका निम्ति शनिबार (चैत २३) मतदान भएको थियो । काठमाडौं र बाहिर गरी ३६ मतदान केन्द्रमा मतदान भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro