site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘धवलशमशेर पसल लुट्ने मान्छे हो ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले अर्का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेरको रिहाइको माग गरेका छन् । 

मंगलबार बल्खुमा आयोजित सभामा उनले तीनकुने घटनाको छानबिनका लागि आयोग गठनको माग पनि गरे । “हामीसँगै यही मञ्चमा हुनुपर्ने वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेरलाई छानबिन गर्न हिरासतमा राखिएको छ । यो दुःखद् कुरा हो,” उनले भने ।
 
तामाङले धवलशमशेर पसल लुट्ने मान्छे हो भन्दै प्रश्न गरे । “माननीय धवलशमशेर ढुंगा हान्ने मान्छे हो ? आगो लगाउने, पसल लुट्ने मान्छे हो ?,” उनले भने । 
 
उनले देशलाई कसरी बनाउन सकिन्छ भन्नेमा लाग्ने विद्वान् व्यक्तिलाई विभिन्न आरोप लगाइएको बताए । उनले कलम समाउने मिश्रलाई ढुंगा हान्ने, आगो लगाउने मान्छे भनेर चित्रित गरेको भन्दै आपत्ति जनाए ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १४:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro