site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकार बन्नै नदिन कोसिस गर्दैथे, अहिले थाके : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बन्नै नदिन लागेकाहरू अब थाकेको टिप्पणी गरेका छन् । मधेस प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दै उनले दिनैपिच्छे सरकार फेरिन्छ कि भन्ने अवस्थाको अन्त्यका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)को समीकरण बनाइएको बताए ।

“दिनैपिच्छे सरकार फेरिन्छ कि, फेरिन्छ कि ! दाउपेचको स्थिति अन्त्य गर्नका लागि यो समीकरण बनाइएको हो । केही मान्छेको सोखजस्तो भएको छ, तिनीहरू पनि थाके अब । यो सरकार बन्नै नदिन कोसिस गर्दैथे,” उनले भने, “सरकार बन्दैन भन्दैथे, विश्वासको मत प्राप्त गर्दैन भन्दैथे । झन्डै दुईतिहाइ त नेपाली कांग्रेस र एमालेसँग छ ।” 

ओलीले कांग्रेस–एमाले समीकरणको सरकारलाई कुनै असर नगर्ने पनि बताए । “यो सरकार ढल्ने त कुरा छोडिदिनुस् । हल्लिँदा पनि हल्लिँदै,” उनले भने ।

उनले चुनावमा जान नसक्ने तत्वले व्यक्तिका घर, कारखाना जलाएको भन्दै समाजमा स्वीकार्य नहुने बताए । उनले कानुनभन्दा माथि कोही नहुने भएकाले तीनकुने घटनाका दोषी सबैलाई कारबाही गरिने स्पष्ट पारे ।

“घटनामा जो संलग्न छ, घटना जसले आयोजना गरेको छ, जसले प्रोभोग गरेको छ । जो सुकै भए पनि यथोचित कानुनी कारबाही गरिन्छ,” ओलीले भने ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro