site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजा हामीले नै हटायौँ, निरंकुश हुन्छ भन्ने भ्रममा पर्‍यौँ : राप्रपा नेता श्रेष्ठ 

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता उज्वलकृष्ण श्रेष्ठले आफूहरूले नै राजा हटाएको भन्दै पश्चात्ताप गरेका छन् । राजतन्त्र फाल्ने आन्दोलनमा आफू पनि ललितपुरबाट सहभागी भएको उनले उल्लेख गरे । उनले त्यस बेला नेवारहरूकै सक्रिय सहभागिताका कारण राजतन्त्र अन्त्य भएको बताए ।

आफूहरूलाई राजा निरंकुश हुन्छ भन्ने भ्रम फैलाएर उक्त आन्दोलनमा सहभागी गराएको उनको आरोप थियो । “हुन त जातीय कुरा नगर्नुपर्ने हो, तर नेवार सहभागी नभएका आन्दोलन अहिलेसम्म सफल भएका छैनन्,” श्रेष्ठले भने, “हामीलाई त्यस बेला माओवादीले राजा निरंकुश हुन्छ भनिदियो, हामी हो त नि भनेर आन्दोलनमा लाग्यौँ र राजतन्त्र फाल्न निर्णायक बन्यौँ ।”

उनले आफूले राजाको प्रत्यक्ष शासन भोगेको बताए । राजा निरंकुश भने नभएकामा उनले जोड दिए ।

दलीय व्यवस्था निलम्बन, टेलिफोन, इन्टरनेटसहितका सञ्चार सम्पर्क कटौती, स्वतन्त्र हिँड्डुल गर्न समेत प्रतिबन्धित अवस्थालाई उनले निरंकुश नभएको र जनताकै पक्षमा राजाले काम गरेको जिकिर गरे ।

“मैले पनि राजाको प्रत्यक्ष शासन भोगेको थिएँ, त्यो निरंकुश थिएन,” श्रेष्ठले भने, “हामीलाई तपाईं हाम्रै छोरा राजाको ठाउँमा राष्ट्रपति हुन्छ भनेर आन्दोलनमा ल्यायो । तर, यी फटाहा, लुटेराहरूले आफैँले लुटेर खान ल्याएको व्यवस्था रहेछ ।”

उनले आफूहरूले नै राजा फालेको भन्दै अब आन्दोलनमार्फत फेरि ल्याउने बताए ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro