site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल बार निर्वाचन : मिश्र ३०० मतान्तरले अगाडि
विजयप्रसाद मिश्र (बायाँ) र रमन श्रेष्ठ (दायाँ) ।

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना जारी छ ।

पछिल्लो मत परिणामानुसार, अध्यक्ष पदका उमेदवार विजयप्रसाद मिश्र ७६२ मतसहित अगाडि छन् । उनका प्रत्याशी रमनकुमार श्रेष्ठले ४५९ मतका साथ पछ्याइरहेका निर्वाचन अधिकृत तेजप्रसाद धमलाले जानकारी दिए ।

अध्यक्षका अर्का उमेदवार राजु कैदीले पाँच, उज्वल घिमिरेले दुई र आशीष पौडेलले ६ मत पाएका छन् ।

यस्तै, महासचिवमा केदारप्रसाद कोइराला अगाडि छन् । उनले ७६८ मत पाएका छन् । यज्ञमणि न्यौपानेले ३९४ मत ल्याएका छन् । हरिशंकर कार्कीले २८ मत पाएका छन् ।

कोषाध्यक्षमा जगतबहादुर कार्कीले ७९६, दीपक राईले ३५९ र विष्णुप्रसाद सापकोटाले ३३ मत पाएका छन् ।

बारको नयाँ कार्यसमिति चयनका निम्ति शनिबार (चैत २३) मतदान भएको थियो । काठमाडौं र बाहिर गरी ३६ मतदान केन्द्रमा मतदान भएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  ११:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro