site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
बज्राचार्यद्वारा लिखित पुस्तक ‘स्तूप र चैत्य’ परिमार्जनसहित पुनः प्रकाशित

काठमाडौं । लेखक सुमति बज्राचार्यद्वारा लिखित पुस्तक ‘स्तूप र चैत्य’ परिमार्जनसहित पुनः प्रकाशित भएको छ । पुस्तकले काठमाडौं उपत्यकाका प्राचीन चैत्य तथा स्तूपहरूको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्वमाथि विस्तृत अध्ययन प्रस्तुत गरेको छ ।

पुस्तकको पहिलो संस्करण १७ वर्षअघि प्रकाशित भएको थियो । पुस्तकको खेन्पो ग्युर्मे छुल्ठ्रिम, डा. गौतमवीर बज्राचार्य र लेखक बज्राचार्यले संयुक्त रूपमा विमोचन गरेका थिए ।  

विगतमा पनि पुस्तकमा समावेश जानकारी र अनुसन्धानको उच्च प्रशंसा भएको थियो । पुस्तकको लोकप्रियता र यसले पुरातन सम्पदाको संरक्षणमा पुर्‍याएको योगदानका कारणले पुनः प्रकाशनको आवश्यकता महसुस गर्दै मुगुम पब्लिकेसन प्रा.लि.ले यो पुस्तकलाई फेरि पाठकमाझ ल्याएको हो ।

नयाँ संस्करणमा पुरातात्विक अनुसन्धानका पछिल्ला तथ्य, केही नयाँ फोटोग्राफहरू र कतिपय जानकारी परिमार्जन गरी समावेश गरिएको छ । पुस्तकले काठमाडौंका प्राचीन चैत्य तथा स्तूपहरूको अध्ययनमा थप सघाउ पुर्‍याउने विश्वास मुगुम पब्लिकेसनले लिएको छ । पुस्तकको पुनः प्रकाशनले काठमाडौंको बौद्ध सांस्कृतिक र पुरातात्विक सम्पदाहरूको अध्ययनमा चासो राख्ने अनुसन्धानकर्ता, विद्यार्थी र आमपाठकहरूलाई महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  २०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro