site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चौथो हप्तामा ‘अञ्जिला’, सलमानको ‘सिकन्दर’लाई पछि पार्‍यो 

काठमाडौं । चलचित्र ‘अञ्जिला’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरेको छ । फागुन २९ गतेबाट प्रदर्शनमा आएको चलचित्र चौथो हप्तामा प्रदशर्न गरेको हो । 

चौथो हप्तामा पनि यो चलचित्रले उच्च शो पाएको छ । रिलिजको पहिलो दिनभन्दा आज यो चलचित्रले धेरै शो पाएको छ । 

‘अञ्जिला’ले बलिउड सुपरस्टार सलमान खान अभिनीत चलचित्र ‘सिकन्दर’लाई समेत पछि पारेको छ । ‘सिकन्दर’को समीक्षा र वर्ड अफ माउथ दुवै राम्रो नभएपछि त्यसको फाइदा ‘अञ्जिला’लाई भएको छ । 

आज शो संख्याका हिसाबले दोब्बरले ‘सिकन्दर’ अगाडि रहे पनि अग्रिम बुकिङ भने ‘अञ्जिला’को धेरै छ । 

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित रहेको बनेको ‘अञ्जिला’मा एन्जिला आफैँ प्रमुख भूमिकामा छिन् । 

चलचित्रमा एन्जिलासँगै दयाहाङ राई, सिर्जना सुब्बा, प्रेमकुमार श्रेष्ठ, सुनील थापा, विजय बराल, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय रहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro