site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओलीसित थाइल्यान्डका व्यवसायीको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसित थाइल्यान्डका ‘वरिष्ठ’ व्यवसायीले भेटवार्ता गरेका छन् । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्रीसित बिहीबार (अप्रिल ३) बैंककमा त्यहाँका व्यवसायीले भेटवार्ता गरेका हुन् ।

त्यस अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्य पनि सहभागी रहेका परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन मंगलबार (चैत १९) त्यसतर्फ प्रस्थान गरेका थिए ।

त्यहाँ निर्धारित कार्यक्रम सकाएर प्रधानमन्त्री नेतृत्वको टोली यही चैत २३ गते स्वदेश फर्कने तय छ ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro