site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘वसन्त’ले कति पायो शो ?

काठमाडौं । चलचित्र ‘वसन्त’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । सिनेमा घरहरूले ‘वसन्त’लाई उच्च शो दिएका छन् । 

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यकामा ३१ र उपत्यका बाहिर ३४ शो दिएको छ । 

प्रकाश सपूतको डेव्यु निर्देशन रहेको ‘वसन्त’लाई आईएनआई सिनेमाजले लोत्से मल, एनबी सेन्टर, क्यूबक्स बुटवल र सिमरा बिजनेस सेन्टरको हलमा गरी १६ सो दिएको छ । 

वान सिनेमाजले आइप्लेक्स र कालीमाटी ट्रेड सेन्टरमा १० सो दिएको छ । एफक्यूबले ५, बिग मुभिजले ५, बीएसआर सिनेमाजले ४ शो दिएको छ ।

शुक्रबारबाट रिलिज हुने चलचित्रमा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

चलचित्रको कथा, पटकथा र संगीत पनि निर्देशक सपूतले नै तयार पारेका हुन् । 

प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ०८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro