site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । वागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश मन्त्रिपरिषद्‌को सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार रातिदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

बुधबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको चालु १५औँ अधिवेशन चैत्र २० गते बुधबार राति ११ः५९ बजेदेखि अन्त्य गरिएको हो ।

प्रदेशसभाको बैठक चल्न सक्ने अवस्था नरहेकाले अधिवेशन अन्त्यको निर्णयमा पुगेको थियो । संसद् बैठक सञ्चालनका लागि मंगलबार बसेको सर्वदलीय बैठकले निष्कर्ष दिन नसकेपछि संसद् प्रभावित भएको थियो ।

 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro