site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तीनकुने घटनाबारे छलफल गर्न संसदीय समितिमा गृहमन्त्रीलाई बोलाइयो

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने घटनाबारे बुझ्न गृहमन्त्री रमेश लेखकलाई बोलाउने निर्णय गरेको छ । गृहमन्त्रीलाई आगामी शुक्रबार (चैत २२ गते)को बैठकमा बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार, बैठक बिहान ११ बजे बस्ने तय भएको छ । त्यस बैठकमा चैत १५ गतेको तीनकुने घटनाबारे छलफल हुनेछ ।

आजको बैठकमा समितिका सदस्यहरूले तीनकुने घटनाबारे सरकारले जवाफ दिनुपर्ने माग राखेका थिए ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro