site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदको प्रश्न– प्रहरी घेरामा रहेका दुर्गा प्रसाईंलाई किन नसमातेको ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घटनामा सरकारले ठिक नगरेको बताएका छन् ।

बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पाण्डेले प्रहरी घेरामा रहेका दुर्गा प्रसाईंलाई पक्राउ नगरिएकोप्रति आक्रोश पोखे । 

"चैत १५ गतेकाे घटना के हाे ? सरकारले ठिक गरेन, आफ्नै प्रहरीले घेरामा हालेकाे बेलामा दुर्गा प्रसाईंलाई नसमात्ने, अहिले छिटाेभन्दा छिटाे पक्रिन्छौँ भन्दा कसले पत्याउने ?," उनले आक्रोश पोखे ।

बैठकमा कांग्रेस सांसद अम्बिका बस्नेतले पनि प्रहरीमाथि गाडी चढाउन फिल्मी शैलीमा गएका प्रसाईंलाई नसमातिएको विषयमा प्रश्न गरिन् ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro