site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदहरूको माग– तीनकुने घटनाबारे सरकारको बुझाइ चाहियो, गृहमन्त्री बाेलाऔँ

काठमाडौं । संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले तीनकुने घटनाबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका छन् । बुधबार समितिको बैठकमा सांसदहरूले तीनकुने घटनाबारे सरकारको तर्फबाट जवाफ आउनुपर्ने बताएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले प्रधानमन्त्री विदेश भ्रमणमा रहेकाले गृहमन्त्रीले जवाफ दिनुपर्ने माग राखे । "चैत १५ गतेकाे घटनाक्रममा गृहमन्त्री बाेलाऔँ । प्रधानमन्त्रीजी नै बाेलाउनुपर्ने हाे, उहाँ उता जानुभएकाे छ । गृहमन्त्रीजीलाई साेध्ने व्यवस्था मिलाऊँ," उनले भने ।

कांग्रेस सांसद सरिता प्रसाईंले पनि तीनकुने घटनाबारे गृहमन्त्रीलाई बोलाउनुपर्ने माग राखिन् । "गृहमन्त्रीले संसद्‌मा जवाफ दिने कुरा थियाे । हिजाे सांसद दीपक बाेहाेराका कारण हुन सकेन । राज्य व्यवस्थामा बाेलाएर आज सरकारकाे धारणा लिनुपर्ने थियाे," उनले भनिन् ।

कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले पनि तीनकुने घटनाबारे राज्यको बुझाइ सार्वजनिक गर्नुपर्ने धारणा राखे । "राज्य व्यवस्था समितिकाे पहिलाे ऐजेन्डा नै १५ गतेकाे घटना थियाे । गृहमन्त्रीले जवाफ दिन अनुकूल मिलेन । राज्यकाे बुझाइ के हाे भएकाे के हाे बुझाउनुपर्ने हाे । चार हजार भिड राेक्ने क्षमता पनि नभएकाे राज्यकाे ?," उनले प्रश्न गरे ।

नेकपा (एमाले)का सांसद राजेन्द्र कुमार राईले पनि गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनले उग्ररूप लिएपछि दुई जनाको ज्यान गएको थियो । प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडसमेत गरिएको थियो ।
 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro