site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओली र थाइल्यान्डका प्रधानमन्त्री शिनावातबीच भेटवार्ता हुँदै
फाइल तस्बिर ।

बैंकक । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता हुँदै छ ।

थाइल्यान्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी शिनावातले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए । 

थाइल्यानडका प्रधानमन्त्री शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । यसैगरी दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न छ सहमतिपत्र आदाप्रदान हुनेछ ।

सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी शिनावातले आयोजना गरेको दिवभोजमा सहभागी हुनेछन् । 

प्रधानन्त्री ओलीले आजै थाइल्यान्डका राजा महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओली मंगलबार अपराह्न यहाँ आइपुगेका हुन् । रासस

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro