site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकीका मन्त्री थापाले सात वर्षमा ७९ लाख समाजसेवामा खर्चिए

पोखरा । गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा कास्की २(ख) बाट दोस्रोपटक विजयी भए । पहिलो र दास्रो लगातार दुई कार्यकाल प्रदेशमा दोहोर्‍याएका थापा दुवै सरकारमा मन्त्री बने ।

प्रदेशसभा सदस्य हुँदा होस वा मन्त्री । उनले हरेक वर्ष पाउने आफ्नो सेवासुविधा भने सामाजिक कार्यमा खर्चिँदै आएका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर पछिल्लो वर्ष आफूले १० लाख एक हजार ३२४ रूपैयाँ सामाजिक सेवामा खर्चिएको विवरण पेस गरे ।

प्रदेश सांसद र मन्त्री बनेको सात वर्षसम्म उनले ७९ लाख ४२ हजार ३२४ रुपैयाँ समाजसेवामा खर्चिएको जानकारी दिए ।पछिल्लोपटक २०८० फागुनदेखि हालसम्म बैंक खातामा प्रदेशसभा सचिवालय र मन्त्रालयबाट प्राप्त ९ लाख ९ हजार ९४ रुपैयाँसहित आफूले थप गरी १० लाख एक हजार ३२४ रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेको उनले बताए ।

यो सहयोग स्थानीय जनताकै मागबमोजिम नै रचनात्मक कार्यको लागि प्रदान गरिएको मन्त्री थापाले बताए । पछिल्लो सहयोग विभिन्न ३६ क्षेत्रमा रहेको विवरण उनले सार्वजनिक गरे ।

थापा पहिलो कार्यकालमै कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री भएका थिए । प्रदेशसभाको दोस्रो कार्यकालमा उनी मन्त्री बनेका हुन् । “प्रदेशको समृद्धि यात्रामा निरन्तर अगाडि बढिरहेका छौँ तर, दुखका साथ भन्नुपर्छ, सिंहदरबारको सुस्त गतिका कारण हामीले जनअपेक्षा अनुसार सोचेजस्तो काम गर्न सकेका छैनौँ,” उनले भने ।

संघ सरकारले जबसम्म प्रदेशलाई आत्मनिर्भर बनाउने गरी कानुन बनाउँदैन, त्यही अनुसारको बजेट दिँदैन तबसम्म हामीले सोचेजस्तो काम गर्न सक्दैनौँ भन्नेमा हामी सबै प्रष्ठ हुनु जरुरी रहेको आफुले महसुस गरेको उनले बताए ।

पत्रकार सम्मेलनमा मन्त्री थापाले प्रदेशसभाको पहिलो कार्यकालमै प्रदेशको नामांकन गर्ने विशेष समितिको संयोजक भएर जिम्मेवारी पूरा गरेको बताए । जुन काम ऐतिहासिक महत्त्वको रहेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro