site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियामा ‘आनन्द कार्की सुमधुर साँझ’

काठमाडौं । अस्ट्रेलियामा ‘आनन्द कार्की सुमधुर साँझ’ हुने भएको छ । चैत २८ गते पाल्पा इन्टरटेन्मेन्टको प्रस्तुतिमा हुने कार्यक्रम बार्दली फङ्सन सेन्टर, मेरील्यान्डमा हुनेछ । 

साँझ साढे ६ बजेबाट सुरु हुने सांगीतिक साँझमा आनन्द कार्कीले आफ्ना चर्चित सुमधुर गीतहरू गाउनेछन् । आधुनिक तथा नेपाली सिनेमामा पार्श्व गायनका लागि परिचित कार्कीका ‘जनम जनम जिउँला सँगै’, ‘यी हल्लाहरू हुन् तिमीले सुनेका’, ‘लाग्छ मन हेरिरहुँ’, ‘सुन सुन मायालु जोडी हो’, ‘भरे आउँछु सपनीमा’ जस्ता गीत लोकप्रिय  छन् ।

उक्त कार्यक्रममा गायिका प्रीति घिमिरेले समेत आफ्नो प्रस्तुति दिनेछिन् । 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ०८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro