site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
कस्तो छ सुशान्तले गाएको ‘कर्मा’को गीत ? 

काठमाडौं । चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको छ । सुशान्त केसीको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो ।

‘पागल’ बोलको प्रेमिल गीतमा लोकप्रिय गायक सुशान्त केसीको स्वर छ । गीतमा शब्द तथा संगीत पनि सुशान्त स्वयंकै छ ।

‘कर्मा’मा उपासना सिंह ठकुरीलाई देख्नबित्तिकै उनको प्रेममा परेका विपीन कार्कीको क्यारेक्टर गीतमा फिचर्ड छ । 

पार्स्व गीत र संगीतभन्दा पनि गीतको शब्द तथा लय सुशान्त केसीको आफ्नै फ्लेबरमा छ । एकले अर्काको आँखामा देखिएको  प्रेमको गहिराइलाई सुशान्तले गीतमा उतारेका छन् ।

चलचित्रका लागि शुसान्तले गाएको यो पहिलो गीत हो । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । विपीन  र उपासनाको सिनेमाको फुटेज भिडियोमा खेलाइएको छ । 

सिनेमाका कलाकारको जति नै सुशान्तले पनि भिडियोमा स्पेश पाएका छन् । 

चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । चलचित्र ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ०६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro