site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
त्रिविको स्ववियु सभापतिमा जोशी निर्वाचित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका दीपकराज जोशी निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा निर्वाचित भएका हुन् ।

कुल खसेको तीन हजार १०८ मतमध्ये जोशीले ७८९ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७०१ मत प्राप्त गरे । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका प्रविण दाहालले ७२७ मत प्राप्त गरे भने स्वतन्त्र उमेदवार उज्ज्वल खड्काले ७०१ मत प्राप्त गरे ।

सभापतिबाहेक अन्य पदमा भने अनेरास्ववियुका उमेदवार विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित भएका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  २०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro