site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्रीको राजीनामा माग्दै रविले भने- उहाँलाई पदमा बस्ने नैतिक अधिकार छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । सोमबारदेखि पार्टीको नियमित काममा फर्किएका उनले तीनकुने घटनामा गृहप्रशासनको निकै कमजोरी देखिएको बताए । 

सो घटनामा भएको कमजोरीका कारण गृहमन्त्रीलाई पदमा बस्ने नैतिक अधिकार नभएको उनले बताए । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले उक्त घटनामा सरकारले आफ्नो लाज छोप्ने प्रयास नगरोस् भन्दै छानबिन हुनुपर्ने पनि माग गरे ।  

पार्टी कार्यालयमा समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले दुईतिहाइको सरकारले आफूलाई ज्युँदै छोड्नु नै आफ्नो जित भएको दाबी गरे । अझै पनि आफ्नो टाउकोमाथि तरबार झुन्ड्याउन एउटा अदालतमा मुद्दा अड्काएर राखेको उनको जिकिर थियो । 

शनिबार चितवनमा हुने सभामा आफूले राज्यविरुद्ध धेरै खुलासा गर्ने उनले बताए । लामिछानेले सोमबारबाटै सभापतिको जिम्मेवारी बहन गरेका छन् । कार्यवाहक सभापति डोलप्रसाद अर्यालले लामिछानेलाई जिम्मेवारी फिर्ता गरेका थिए । 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro