site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रविको सभापतित्वमा सुरु भयो रास्वपा बैठक

काठमाडौं । पार्टीको जिम्मेवारीमा फर्किएका रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । सोमबार अपराह्न वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकको सभापतित्व लामिछानेले गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

यसअघि, आजै बसेको केन्द्रीय समितिको पहिलो चरणको बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारीमा फर्काउने निर्णय गरेको थियो । पहिलो बैठकको नेतृत्व कार्यवाहक सभापति डीपी अर्यालले गरेका थिए ।

नेतृत्व छाडेको झन्डै १६३ दिनपछि लामिछाने पार्टीको कार्यकारी भूमिकामा फर्किएका हुन् । लामिछाने गएको कात्तिक २ गते सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए । कास्की जिल्ला अदालतमा मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा छ ।

०८१ पुस ८ गते लामिछानेले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिएका थिए ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro