site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारको योजना कार्यान्वयन भए स्वास्थ्य क्षेत्रमा समाजवाद आउँछ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हिंसाको जगमा व्यवस्था परिवर्तन गर्ने कुरा मान्य नहुने बताएका छन् । 

सोमबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले अहिले देखिएको विकृति र विसंगति अन्त्य गर्न आफूहरू तयार रहेको भन्दै हिंसाको जगमा व्यवस्था परिवर्तन गर्ने कुरा मान्य नहुने बताए । 

पौडेलले लोकतान्त्रिक गणतन्त्रको विकल्प भनेको सुधारिएको उन्नत र परिष्कृत लोकतन्त्र मात्र भएको धारणा राखे । नागरिक अधिकार, आफैँले निर्वाचित गरेको जनप्रतिनिधि, बोल्न पाउने अधिकारलगायत विषय लोकतान्त्रिक गणतन्त्रमा मात्र पाइने सबैले बुझ्नुपर्ने उनले बताए । 

स्वास्थ्यमन्त्री पौडेलले निजी मेडिकल कलेजले चिकित्सकहरूलाई दिने सुविधाबारे सरकारले ल्याएको नीति कार्यान्वयन गर्नुपर्ने र यसका लागि सहमतिको विन्दु पहिल्याउने कार्य भइरहेको जानकारी दिए । 

उनले आफूहरूले ल्याउन लागेको स्वास्थ्य बिमाको योजना कार्यान्वयन भएमा स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्ने दाबी गरे । 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro