site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
प्रकाशलाई गालीको ओइरो, ‘वसन्त’लाई कस्तो प्रभाव पर्ला ?

काठमाडौं । गायक प्रकाश सपूतलाई यतिबेला आलोचना र गालीको ओइरो लागेको छ । सिनेमा रिलिज हुनेबेलामा आइरहेको गालीले प्रकाश यतिबेला तनावमा छन् । 

यही चैत २२ बाट प्रकाशको लेखन, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘वसन्त’ रिलिज हुँदै छ । आफ्ना सिर्जना आउँदा प्रायः तारिफ पाउने गरेका प्रकाश आफ्नै चलचित्र रिलिजको संघारमा भने गाली खान बाध्य छन् । 

गाली खानुको कारण भने प्रकाशले केही समयअगाडि केपी शर्मा ओलीका बारेमा लेखिएको पुस्तकको विमोचन समारोहमा दिएको अभिव्यक्ति हो । उनले उक्त कार्यक्रममा गएर ओलीको तारिफ गरेका थिए । 

व्यक्ति र देशको विकासका लागि ओलीले देखेको सपना, बनाएको योजना र कामको उच्च प्रशंसा गरेका थिए । ओली अनुकरणीय व्यक्ति रहेको भन्दै उनीबाट आम नेपालीले धेरै कुरा सिक्नुपर्ने बताएका थिए । 

ओलीको प्रशंसा गर्नु नै प्रकाशका लागि घातक सावित भयो । सोही विषयलाई लिएर अहिले उनको आलोचना भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताले प्रकाशको चलचित्र ‘वसन्त’ बहिष्कार गर्नेसम्मको धम्की दिइरहेका छन् । 

ओलीको कार्यकर्ता भन्दै प्रकाशका फेसबुक पोस्टमा गाली गर्नेको संख्या ठूलो छ । युट्युबमा भन्दा पनि फेसबुकमा उनलाई धेरै गाली आइरहेको छ । 

‘वसन्त’को प्रचारमा टेलिभिजन शोहरूमा जाँदा पनि प्रकाशलाई ओलीको प्रशंसालाई लिएर कडा व्यंग्य हुँदै आएको छ । सामाजिक सञ्जालमा भइरहेको आलोचना र गालीको असर हलमा देखियो भने त्यसले ‘वसन्त’को बक्सअफिसमा नकारात्मक असर पर्न सक्नेछ । तर, कतिपय सन्दर्भमा भने यही नै पब्लिसिटीको बलियो आधार पनि बन्ने गरेको छ । 

‘वसन्त’ प्रकाशको डेब्यु निर्देशन हो । यो चलचित्रको मुख्य भूमिकामा पनि उनी स्वयं छन् । अभिनय भने उनले ‘परदेशी–२’ र ‘पूर्ण बहादुरको सारङ्गी’मा गरिसकेका छन् । 

चैत २२ गतेबाट रिलिज हुने चलचित्रमा प्रकाश सपूतसँगै स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक प्रकाशले नै तयार पारेका हुन् । 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro