site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्रीप्रति 'लोयल' नहुने कर्मचारी हटाइने प्रधानमन्त्रीको अभिव्यक्तिमा रास्वपाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओ‌लीले दिएको कारणमा असन्तुष्टि जनाएको छ ।

सोमबार प्रतिनिधिसभामा सम्बोधनका क्रममा ओलीले ‘मन्त्रीप्रति लोयल नहुने कर्मचारीलाई हटाइने’ बताएका थिए ।

यही वाक्यांशमा रास्वपाले आपत्ति जनाएको हो । रास्वपाका सांसद मनिष झाले कर्मचारी मन्त्रीप्रति नभएर कानुनप्रति इमान्दार हुने बताए ।

“मन्त्रीप्रति लोयल नभएका कारण हटाइयो रे ! के कर्मचारीले मन्त्रीप्रति लोयल हुनुपर्ने हो ? कर्मचारीले मन्त्रीप्रति लोयल हुने कि देशप्रति ?,” रास्वपाका सांसद मनिष झाले भने, “राज्यले तोकेको जब डिस्क्रिप्सनप्रति, राज्यले बनाएको कानुनप्रति र संविधानप्रति लोयल हुने कर्मचारी हामीलाई चाहिएको छ ।”

उनले प्रधानमन्त्री ओलीलाई शक्ति पृथकीकरणको मान्यता स्वीकार गर्न पनि आग्रह गरे ।
 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १३:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro