site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तीनकुने घटनाका योजनाकार खोज्दै छौँ, कडा कारबाही गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका योजनाकार खोजीरहेको बताएका छन् । 

“घटनामा संलग्नहरूमाथि छानबिन सुरु भएको छ । यसका योजनाकार को हुन्  र कोको संलग्न छन् ?,” प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै भने, “सरकारले यस सन्दर्भमा छानबिन र अनुसन्धान गरिरहेको छ ।”

उनले यस सम्बन्धमा विस्तृत प्रतिवेदन आउने प्रतिबद्धता जनाए । चैत १५ गतेको राजावादीको प्रदर्शन निन्दनीय र खेदजनक भएको उनको भनाइ छ ।

“यस्ता घटनामा संलग्नहरूमाथि जोसुकै होऊन्, जुनसुकै कभरमा किन नहोऊन्, कडा प्रशासनिक कारबाही हुन्छ,” प्रधानमन्त्री ओलीले भने ।

उनले घटनाको विस्तृत विवरण उपयुक्त समयमा गृहमन्त्रीले सदनमा राख्ने जानकारी गराए ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro