site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजालक्षित प्रधानमन्त्रीले भने– आयोजक घरमा बस्ने, उक्साइएका सडकमा देखिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह आफू घरमा बसेर अरूलाई उक्साएर हिंसात्मक प्रदर्शनमा पठाएको आरोप लगाएका छन् । सोमबार (चैत १८) राष्ट्रियसभा बैठकमा सम्बोधनक्रममा उनले यस्तो आरोप लगाएका छन् ।

“चैत १५ गतेको कार्यक्रममा आयोजक को हुन् भन्नेमा केही आशंका र द्वविधा समेत थियो,” प्रधानमन्त्री ओली तीनकुनेको हिंसात्मक प्रदर्शनप्रति संकेत गर्दै भने, “द्वविधा किन नहोस्, आयोजक घरमा बस्ने, अनि उक्साइएका र तिखारिएकाहरू सडकमा देखिने भएपछि ।”

प्रधानमन्त्री ओलीले सोमबार नै प्रतिनिधिसभा बैठकमा पनि सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro