site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजावादीहरूले चैत्र १५ गतेको आन्दोलनबाटै आफ्नो चरित्र देखाए : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरूले चैत्र १५ गतेको आन्दोलनबाटै आफ्नो चरित्र देखाएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले राजावादी वा राजाको शासन पुनः ल्याउँछौँ भन्नेहरूले राजाको शासन कस्तो हुन्छ भनेर चरित्र देखाइसकेको उल्लेख गरे । घरभित्र मानिस रहेको जानकारी हुँदाहुँदै पनि बाहिरबाट आगो लगाइएको बताए । उनले देशमा फेरि राजाको शासन ल्याउँछौँ भनेर जिउँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने चरित्र राजावादीहरूले देखाएको बताए ।

"राजावादी मानिसहरूले यो देशमा फेरि राजाको शासन ल्याउँछौँ भन्ने मानिसहरूले राजाको शासन कस्तो हुन्छ भन्ने चरित्र देखाइसक्नुभएको छ । घरभित्र मानिस छन् भन्ने थाहा छ, तर घर बाहिरबाट आगो लगाइएको छ । केका लागि लगाइएको छ भन्दा हामी राजाका समर्थक हौँ, यो देशमा फेरि राजाको शासन ल्याउँछौँ भनेर जिउँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने काम भएको छ । यो हो चरित्र," उनले भने ।

गृहमन्त्री लेखकले लोकतन्त्र नहुँदा सञ्चार जगत त्रसित हुने जिकिर गरे ।

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro